३० आश्विन २०८३, शुक्रबार

यस्ता छन् भूकम्पबाट बच्ने आठ उपाय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-symbol

काठमाडौं, १ जेठ । नेपालमा गत वैशाख १२ र २९ गते आएको शक्तिशाली भूकम्पबाट हजारौं सर्वसाधारणको मृत्यु भइसकेको छ । यस्तो बेला हामीले सावधानी सतर्कता अपनाउन जरुरी छ । भूकम्पबाट कसरी बच्ने भनेर हामीले यहाँ ८ वटा उपाय उल्लेख गरेका छौ । यस्ता उपायहरु केही हदसम्म लागू गर्दा भूकम्पबाट बच्न सकिन्छ । भूकम्प आउँदा तुरुन्त यि उपायहरु अपनाउनुपर्छ ।

१) घर, पसल वा कुनैपनि अग्लो भवनमा हुनुहुन्छ भने त्यहाँ बाहिर निस्केर तुरुन्त खुला ठाउँ, चौरहरुमा जानुहोस् ।

२) खुला मैदानतर्फ भाग्नुहोस् । भूकम्पको बेला खुल्ला मैदान नै सुरक्षित स्थान हो । अन्य कुनै पनि वस्तु सुरक्षित मानिँदैनन् ।

३) कुनै पनि भवनको आसपास उभिनु हुँदैन् । त्यो भवन तपाईको काल बन्न सक्छ ।

४) यदी तपाई अग्ला भवनमा हुनुहुन्छ । जहाँ लिफ्ट छ त्यो लिफ्टको प्रयोग कुनै पनि हालतमा गर्नुहुँदैन् । यस्तो बेला भर्‍याङनै प्रयोग गर्दा सुरक्षित मानिन्छ ।

५) घरको ढोका र झ्याल खुला राखौं । ताकि भाग्न सजिलो होस् ।

६) घरका सबै विद्युत स्विच, वटन बन्द गरौं ।

७) यदी तपाई भवनको धेरै माथिल्लो भागमा हुनुहुन्छ र तुरुन्त तल भाग्न सम्भव छैन् भने भवनमा रहेका टेबल, कुर्सी अथवा खाट (वेड)को तल लुक्नुहोस् ।

८) भूकम्पको बेला मानिसले ध्यान राख्नैपर्ने कुरा के हो भने उसले हल्ला गर्नुहुँदैन् । र कुनै पनि किसिमको अफवाह फैलाउनुहुँदैन् । यस्तो बेला त्रासको वातावरणले अप्रिय घटना हुनसक्छ । एजेन्सीको सहयोगमा