३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । बुधबार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताबीच सरकार सञ्चालन, सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास छोडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।

हेरौँ बुधबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–

१. प्रचण्ड–ओली भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा सरकारका नीति तथा कार्यक्रम र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल, बिहीबार बालुवाटारमा पुन: छलफल गर्ने सहमति ।

२. सरकारमा सहभागी हुन आग्रह : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन प्रचण्डको आग्रह, पार्टीमा जलफल गर्ने नेपालको जवाफ ।

३. प्रधानमन्त्री सरकारी निवासमा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खुमलटारबाट बालुवाटारस्थित सरकारी निवासमा सरे, पूजापाठ गरेर मुख्य भवनमा प्रवेश ।

४. गृहमन्त्री अनुगमनमा : उपप्रधान तगा गृहमन्त्री रवि लामिछानेद्वारा राहदानी विभागको अनुगमन, सेवाग्राहीहरुको समस्याबारे जानकारी लिँदै छिटो छरितो सेवा सुविधा दिन दिए निर्देशन ।

५. सर्त पूरा भए सरकारमा : न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय, पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका शर्त ।

६. देउवालाई सकस : काँग्रेस नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको विषयलाई केन्द्रीय कार्य समितिको बैठकमा उठाउने, देउवाको कमजोरीले गठबन्धन टुटेको निष्कर्ष ।

७. दलको नेतामा कँडेल र लामा : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन, नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिं लामा निर्वाचित ।

८. ज्येष्ठ सदस्यले लिए सपथ : बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट लिए पद तथा गोपनियताको शपथ, प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यहरुलाई भोलि दिउँसो २ बजे ज्येष्ठ सदस्य ढुंगानाले सपथ गराउने ।

९. नाका पुन: सञ्चालनमा : कोरोना महामारीलाई देखाउँदै चीनले बन्द गरेको रसुवागढी नाका पुन: सञ्चालनमा, बुधबार ८ ट्रक सामान चीन निर्यात ।

१०. शिक्षक नै शत्रु : पर्साको विरगञ्जमा विद्यालयका सहायक प्रिन्सिपलको संलग्नतामा विद्यार्थी १४ वर्षीय निरज पासवानको अपहरण गरि हत्या, वीरगन्ज–१७ अलौ बस्ने सहायक प्रिन्सीपल श्यामप्रसाद यादव र दिलिपकुमार पटेल पक्राउ ।

११. विद्यार्थीबीच झडप : काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप, खुकुरी प्रहारबाट दुईजना घाइते, चारजना पक्राउ ।

१२. रेलले किचेर मृत्यु : धनुषमा रेलले किचेर एक व्यक्तिको मृत्यु, रेलको लिकमा खुट्टा अड्किएपछि जयनगरबाट जनकपुरतर्फ आइरहेको रेलले किच्यो ।

१३. हुस्सुले बाटो नदेखेपछि… : चीनको राजमार्गमा बाक्लो हुस्सुका कारण करिब दुईसय सवारी साधन दुर्घटना, एक जनाको मृत्यु ।

१४. पेलेको स्वास्थ्य गम्भीर : ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर, डर बढ्दै गएको अस्पतालको प्रतिक्रिया ।

१५. लुम्बिनीको चौथो जित : नेपाल टी–ट्वेन्टी लिगमा लुम्बिनी अल स्टारको लगातार चौथो जित, फार वेस्ट युनाईटेड सुपर ओभरमा पराजित ।