३१ आश्विन २०८३, शनिबार

‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा, विजेताले पाउनेछन् एक करोड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको आयोजना हुने भएको छ। ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौंमा आयोजित एक समारोहमार्फत् घोषणा गरिएको हो।

यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप युएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो। १६ वर्ष माथिका नेपाली भाषीले यो प्रतियोगीतामा भाग लिन पाउने आयोजकले जनाएको छ। प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन्।

दुवै रियालिटी शोका विजेताले १/१ करोड पुरस्कार समेत पाउनेछन्। नेपालमा आजसम्म यति ठूलो धनराशीमा कुनै पनि रियालिटी शो आयोजना भएको छैन। यस्तै, दुवै रियालिटी शोको फस्ट रनरअपले ३०/३० लाख र सेकेन्ड रनरअपले २०/२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन्।

घोषणा समारोहमा दुबै रियालिटी शोका निर्णायक मण्डलहरुलाई समेत परिचय गराइएको थियो। ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन्। यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई छन्।

यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन्। पत्रकार सम्मेलनमा एलिनले भने, ‘हामीले यसपटक पनि नेपाली मौलिकता, संकृति झल्कने गीतसंगीतलाई महत्व दिनेछौं।’ फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशबाट पनि नेपाली भाषीहरूको वृहत् सहभागिता रहने अपेक्षा गरेको छ।

कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेर र नायक राजेश हमालले फाउन्डेशनले गर्दै आएका कामको प्रशंसा गरे।उनीहरूले फाउन्डेशनले नेपाली कला, संस्कृति झल्काउन आयोजना गर्न लागेको दुवै रियालिटी शोले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।