३१ आश्विन २०८३, शनिबार

समस्या समाधान गर्ने अर्थमन्त्रीको प्रतिवद्वतापछि उद्योगी व्यवसायीले रोके आन्दोलन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । सरकारले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफलका क्रममा आफूहरुको समस्या समाधान गर्ने प्रतिवद्धता आएकाले आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले अर्थमन्त्रीबाट छिटो भन्दा छिटो आफूहरुको समस्या समाधानको प्रतिवद्धता आएको बताए । ब्याज भुक्तानी तिर्ने समय थप गर्ने, पुर्नकर्जाका बिषयमा आवश्यक निर्णय गर्ने लगायतका प्रतिवद्धता अर्थमन्त्रीले गरेको उनले जानकारी दिए ।

उनले सरकारले आफुहरुसंग गरेका प्रतिवद्धताहरु पुरा हुने विश्वास व्यक्त गर्दै आन्दोलनका कार्यक्रमहरु स्थगीत गरिएको बताए । त्यस्तै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्रीले माग पूरा गर्ने आश्वासन दिएकै कारण आन्दोलनका कार्यक्रम स्थगित र अब फेरी आन्दोलन गर्नुपर्ने अवस्था आउन दिन नहुने जिकिर गरे ।

बिभिन्न माग अघि सार्दै मोरङ, पर्सा, भैरहवा, नेपालगंज लगायतका उद्योग वाणिज्य संघले आन्दोलन गर्दै आएका थिए ।