२८ आश्विन २०८३, बुधबार

मेसी बसेको कोठालाई संग्राहलय बनाउने कतारको घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । कतार सरकारले कतार फिफा विश्वकपका दौराना अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी बसेका विश्वविद्यालयको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ ।

कतारले मेसी बसेको कोठालाई ‘मिनी म्युजियम’ बनाउने भएको हो । उक्त कोठालाई अब संग्रहालयका रूपमा सजाइने र पाहुना र विद्यार्थीहरूलाई अवलोकन गर्न दिइनेछ ।

उक्त कोठका सामानहरु र सजावटहरुमा कुनै पनि परिवर्तन नगरि जस्ताको तस्तै राखिने छ ।

गतसाता सम्पन्न विश्वकपको फाइनल खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।