
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसले गत मंसिर ४ को निर्वाचनमा अन्तर्घात गर्नेहरुको सूची पठाउने समय थप गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिले माघ १५ गतेसम्म उजुरी मिल्ने जनाएको हो ।
समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो ।
‘यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्ने भनी प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नुपर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधि २०७९ माघ १५ गतेसम्मका लागि बढाइएको जानकारी गराइन्छ ’ विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया