
काठमाडौं, १३ पुस । नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार चौथो जित निकालेको छ ।
काठमाडौंस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै लुम्बिनीले चौथो जित निकालेको हो । फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए । पहिलो दुई बल डट दिएकामा लाहिरु मिलान्थाले तेस्रो र चौथो बलमा दुई छक्का लगातार प्रहार गरे ।
पाँचौ बलमा मिलान्थाले तीन रन लिए । अन्तिम बलमा शाड्लीको नाममा तीन रन रह्यो । फार वेस्टले २० रनको लक्ष्य पायो । फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए । लुम्बिनीले बलिङमा किशोर महतोको प्रयोग गर्यो ।
पहिलो बलमा शाहिदीले छक्का प्रहार गरे । दोस्रो बलमा उनले कुनै रन बनाउँन सकेनन् । तेस्रो बलमा उनले १ रन लिए । स्ट्राईकमा विनोद भण्डारी आए । चौथो बलमा १ रन लिए । पाँचौ बलमा शाहिदीले १ तथा अन्तिम बलमा भण्डारीले १ रन लिए । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।
जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ । हारसँगै फर वेस्ट अंकका साथ चौथो स्थानमा कायम रहेको छ । ।















प्रतिक्रिया