१ कार्तिक २०८३, शनिबार

देउवा बालुवाटारबाट धुम्बाराही सरे

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि देउवाले बालुवाटार छोडेका हुन् । देउवा तत्कालका लागि धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

बुढानीलकण्ठमा रहेको देउवाको घर मर्मत भइरहेकाले उनी भाडाको घरमा सरेका हुन् ।

उनको बुढानीलकण्ठको घर मर्मत सकिन अझै ४ महिना लाग्ने बताइएको छ ।

२०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नियुक्त गरेपछि देउवा पदमुक्त भएका हुन् ।