१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई भने- हत्तारमा तपाईँलाई बालकोट जाऔँ भन्न पाइन, गल्ती भयो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालीबीच बुधबार बिहान भेटवार्ता भएको छ ।

ललितपुरमा भएको भेटवार्तामा प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा लैजाने विषयमा अध्यक्ष नेपालसँग कुराकानी गरेका नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि जाँदा खबर गर्न नपाएको भन्दै नेपालसँग आफूले गल्ती गरेको स्वीकारेका पनि नेताहरुले जानकारी दिएका छन् ।

‘त्यस्तै हत्तार हत्तार भयो खबर गर्न पाइँन । गल्ती भयो । हत्तारमा मैले तपाईंलाई खबर गर्न सकिनँ यसलाई मनमा नलिनुस्,’ प्रधानमन्त्री प्रचण्डलाई उदृत गर्दै एक नेताले भने ।

प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन गरेको प्रस्तावमा नेपालले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका बताइएको छ ।