१ कार्तिक २०८३, शनिबार

कांग्रेस सांसद गुरुङ निलम्बनमा, संसद बैठकमा उपस्थित हुन नपाउने

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् ।

मनाङबाट निर्वाचित गुरुङविरुद्वको भ्रष्टाचार मुद्वा अदालतमा विचाराधीन रहेकाले निलम्बन गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

गुरुङलाई संसद बैठकमा उपस्थित हुन नपाउने गरी निलम्बन गरिएको सचिवालयले जानकारी दिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम मिति २०७९/०९/०८ गतेदेखि गुरुङ स्वत: निलम्बनमा परेका सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मुद्वाको अन्तिम किनारा नलागेसम्म गुरुङ निलम्बनमै रहने छन् ।

(भूलवश यसअघि तस्वीर अन्यथा पर्न गएकोले सच्याइएको छ -सं.)