१ कार्तिक २०८३, आइतबार

म्याग्दे–२ मा २८९ जनालाई निस्सा वितरण

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दे (तनहुँ), ११ पुस । म्याग्दे गाँउपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण सुरू गरेको छ ।

लगत संकलन कार्यविधिको अनुसूचि ३ र ४ बमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ बमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित बसोवासीमा ११५३ जना, भूमिहीन सुुकुम्बासी ६५ जना, भुमिहीन दलित ८५ जनाले फर्म भरेकामध्ये म्याग्दे–२, मा अव्यवस्थिततर्फ २६३ जना, भूमिहीन सुकुम्बासीतर्फ ८ जना र भूमिहीन दलिततर्फ १८ जना गरी कुल २८९ जनालाई निस्सा वितरण गरिएको हो ।

निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयवाट सुरू भई, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष शिववहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।