
काठमाडौं, ११ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर शङ्कटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्ने बताएका छन् ।
सोमबार अर्थमन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र शङ्कटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणहरु पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको समेत बताउँदै अथृमन्त्री पौडेलले शङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि धेरै ठूलो मेहनत गर्नुपर्ने र आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्ने बताएका छन् ।
पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया