
काठमाडौं, ११ पुस । सरकार गठनसम्बन्धी छलफलमा सहमति नजुटेपछि हिजो आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारबाट छुटेका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज शीतलनिवासमा जम्काभेट भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको सपथका निम्ति राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा दाहाल र देउवाबीच जम्काभेट भएको हो । हिजो बालुवाटारबाट निराश भएर निस्किएका प्रचण्ड खुशी हुँदै र सत्ता गुमाएपछि आज निराश हुँदै उनीहरू शीतलनिवास पुगेका थिए ।
भेटमा देउवाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिए । सपथ समारोहमा सहभागी हुन शीतलनिवास पुगेका देउवा प्रचण्डले सपथ ग्रहण गरेपछि मन्त्रीहरूको बाँकी रहँदै त्यहाँबाट निस्किएका छन् ।
















प्रतिक्रिया