१ कार्तिक २०८३, आइतबार

टाटाको मेगा सर्भिस क्याम्प सुरूवात

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्प सुरूवात गरेको छ ।

केन्द्रहरूमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेको कम्पनीले जनाएको छ ।

ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेशनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवम् भुटान ) अजित नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले आज संयुक्त रूपमा क्याम्पको उद्घाटन गरे ।

समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरूलाई टाटा मोटरर्सका रिजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रन्धिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए ।

यस तीन दिने क्याम्पमा टाटाका ‘पेसेञ्जर’ श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढङ्गले आवश्यक जाँच गरिने बताइएको छ । यस्तो जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरू समेत प्राप्त गर्नेछन् ।

म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि नि:शुल्क प्रदान गरिने पनि कम्पनीले जानकारी दिएको छ । साथै क्याम्पमा सञ्जिवनी इन्जिन प्याकेजअन्तर्गतको रू.४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।

‘हाल नेपालमा टाटाका पेसेञ्जर’ श्रेणीका गाडीहरू बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भइरहेको छ,’ कम्पनीले भनेको छ ।

क्याम्पमा ग्राहकहरूको उत्साहजनक सहभागिता हुने विश्वास कम्पनीले गरेको छ ।