२९ आश्विन २०८३, बिहिबार

‘कम्युनिटी सर्भिस अवार्ड’बाट समाजसेवी घिमिरे अमेरिकामा सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bala-ghimere

काठमाडौं । अमेरिकाका विभिन्न सहरमा समाजसेवामा क्रियाशिल नेपाली मुलका बाला घिमिरे ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

अमेरिकाको सिकागोमा बसेर समुदायमा केन्द्रीत समाजिक कार्यमा क्रियाशील रहँदै आएका अगुवा समाजसेवी बाला घिमिरेलाई अमेरिकन एड्भाइजरी काउन्सिलले मंगलबार ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मान गरेको हो ।

एशियन अमेरिकन काउन्सिलले सिकागो इलियन्समा गरेको हेरिटेज मन्थ रिसेप्सन कार्यक्रममा समाजसेवी घिमिरेसहित सामाजिक कार्यमा क्रियाशील व्यक्तिहरुलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

कार्यक्रममा अवार्डबाट सम्मानित भएपछि सामाजिक अगुवा घिमिरेले मातृभूमी नेपाल विनाशकारी महाभूकम्पबाट पीडामा छट्पटाइरहेको भन्दै सम्पूर्ण अमेरिकन नेपालीलाई सहयोगको हात अगाडी बढाउन आग्रह गर्दै आफूले व्यक्तिगत तर्फबाट २० हजार डलर सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

bala-ghimere