१ कार्तिक २०८३, आइतबार

प्रहरी कार्यालय भवन निर्माणका लागि समिति गठन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १० पुस । इलाका प्रहरी कार्यालय नारायणपुरको भवन निर्माणका लागि नारायणपुरमा भवन निर्माण समिति गठन गरिएको छ ।

नारायणपुर विकास सरोकार समितिको भेलाले इप्रका नारायणपुरको भवन निर्माण गर्न समिति गठन गरेको हो ।

सरोकार समितिका अध्यक्ष अभियान बस्नेतको अध्यक्षता, घोराही उपमहानगरपालिकाका उपपमुख हुमा डीसीको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीको विशिष्ठ आतिथ्यमा भएको भेलाले ईप्रका नारायणपुरको भवन निर्माणका लागि समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा महेन्द्रकुमार दाहाल, कोषाध्यक्षमा सुशीला शर्मा, सदस्यहरुमा कुलप्रसाद रजौरे (श्रवण), छविकुमारी बस्नेत एमसी, तिलक महरा र गेहेन्द्र बस्नेत छन् ।

भवन निर्माणका लागि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसी र घोराही उपमहानगरपालिका ८, ९, १०, ११, १२ का वडा अध्यक्षहरु र जिल्ला प्रहरी कार्यालय सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।