
घोराही (दाङ), १० पुस । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अधिवेशन दाङमा हुने भएको छ ।
आज आइतबार घोराहीमा बसेको युनियनको भेलाले माघको ५ र ६ गते दाङमा युनियनको लुम्बिनी प्रदेश भेला गर्ने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश अधिवेशन आयोजक समितिका संयोजक माधव अर्यालको अध्यक्षतामा भएको भेलाले माघ ५ र ६ गते अधिवेशन गर्ने निर्णय गरेको नेपाल प्रेस युनियन दाङका सचिव आरके शीतलले जानकारी दिए ।
भेलाले अधिवेशनका लागि विभिन्न समितिहरु गठन गरेको छ । जसमा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी संयोजक रहेको आर्थिक संकलन समिति, देवेन्द्र बस्नेत संयोजक रहेको आवास तथा भोजन व्यवस्थापन समिति, अञ्जना चौधरी संयोजक रहेको अतिथि सत्कार समिति गठन गरिएको छ ।
भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष सलोजा दाहाल, जीवन भण्डारी, महासचिव दिलिप पौडेल, लुम्बीनी प्रदेशका पूर्व संयोजक देवेन्द्र बर्मा, केन्द्रीय कोषाध्यक्ष मावध धिताल, नेपाल प्रेस युनियनका नेता एवं पूर्व केन्द्रीय सदस्य सुदीप गौतम, युनियन दाङका सल्लाहकार बसुन्धरा गौतम लगायत नेपाल प्रेस युनियनका लुम्बीनी प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया