
काठमाडौं, १० पुस । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् ।
पाँच दलीय गठबन्धन जोगाउन नसकेकोप्रति आक्रोश व्यक्त गर्दै उनले राजीनामा नदिए विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।
हिजो गलत भन्दाबन्दै बनाइएको गठबन्धन अहिले किन जोगाउन नसकिएको भनेर प्रश्न गर्दै उनले ट्विट गरेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने छ ।’
एमाले–माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै कांग्रेसभित्र नेतृत्वको तीव्र आलोचना भइरहेको छ ।
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022















प्रतिक्रिया