१ कार्तिक २०८३, शनिबार

बारामा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका भारतीय व्यापारीको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । बारामा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका भारतीय व्यापारीको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिकामा भारतीय व्यापारी शिवपुजन यादवमाथि दुईवटा मोटरसाइकलमा आएका पाँच जना व्यक्तिको समूहले गोली प्रहार गरेका थिए ।

गोली प्रहारपछि गम्भीर घाइते भएका यादवको एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।