
काठमाडौं, ८ पुस । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा लिएका छन् ।
पाण्डेले शुक्रबार यादवचन्द्र शर्मालाई राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डेले मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनको चर्को आलोचना भएको थियो ।
पाण्डेले २०७८ कात्तिक ११ गतेबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।















प्रतिक्रिया