१ कार्तिक २०८३, शनिबार

सिन्धुपाल्चोकका एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेको हो ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेका बेला पैसा लिएर मुद्वा मिलाएको आरोपमा मुद्वा दायर भएको थियो ।

तर, विशेष अदालतले उनलाई सफाई दिएको थियो । सर्वोच्चले विशेष अदालतको निर्णय उल्टाउँदै दोषी ठहर गरेको हो ।

उनी हाल सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।