१ कार्तिक २०८३, शनिबार

पहिलो २ वर्ष आफू प्रधानमन्त्री बन्ने प्रचण्डको प्रस्ताव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबाट पहिलो २ वर्ष आफू प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका छन् ।

बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रचण्डले पहिलो २ वर्ष आफू प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका हुन् ।

गठबन्धनभित्र आलोपालोमा सकारात्मक छलफल भएको बताइएपनि पहिलो प्रधानमन्त्री को हुने भन्ने विषयमा भने टुंगो लाग्न सकेको छैन ।

सभापति देउवालाई पार्टीभित्रबाट पहिलो प्रधानमन्त्री नछोड्न दबाव आइरहेकाले को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो लाग्न नसकेको बताइएको छ ।