१ कार्तिक २०८३, शनिबार

एपोलो इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । समुदाय–प्रहरी साझेदारी अन्तर्गत मध्यबानेश्वरस्थित एपोलो इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एपोलो कलेजमा अध्ययनरत बीबीए सातौं तथा बीबीए–बीआई सातौं सेमेस्टरका विद्यार्थीको क्रियतामा आयोजित कार्यक्रममा १ सय १२ विद्यार्थीले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभाकी नवनिर्वाचित सांसद सोबिता गौतमले संसद्मा युवायुवतीलाई आफ्नै देशमा बसेर अध्ययन तथा काम गर्न पाउने वातावरण निर्माणका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद गौतमले आफ्नो जितलाई युवाको जित भन्दै अब मुलुकमा परिवर्तन गर्ने बेला आएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा सांसद गौतमलाई सम्मानसमेत गरिएको थियो ।

कलेजका कार्यक्रम निर्देशक विमल गौतमले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै सांसद गौतमको बधाई तथा सम्मानपत्र वाचन गरेका थिए भने कार्यकारी निर्देशक किशोर गौतम, निर्देशकद्वय अजयप्रसाद ढकाल र डा. ध्रुव भट्टराईले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी, सामुदायिक प्रहरीकातर्फबाट ताराराम दयाललगायतले कार्यक्रमलाई सम्बोधन गर्दै कलेजले आयोजना गरेको रक्तदान कार्यक्रमको सराहना गरे ।