
काठमाडौं, ७ पुस । प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् ।
राईले मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा बुझाएका हुन् । राई खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राईले सपथ लिनुअघि पदबाट राजीनामा दिएका हुन् । राई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त भएका थिए ।















प्रतिक्रिया