२९ आश्विन २०८३, बिहिबार

भर्जिनियामा परिजितालाई भव्य स्वागत गरिँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ७ पुस । अमेरिकाको भर्जिनियामा रियालिटी शो ‘द भ्वाइस’ को ८ औं स्थान सम्म पुग्न सफल नेपाली मूलकी परिजिता बास्तोलालाई भव्य स्वागत गरिने भएको छ ।

मेरिल्याण्ड निवासी परिजिता अमेरिकी भ्वाईसमा पुग्ने पहिलो अमेरिकी नेपाली हुन् । १७ वर्षको उमेरमा ८ औं अर्थात् सेमी फाइनलसम्म पुग्न सफल परिजिता आफ्नो घर मेरिल्याण्डको सेभेर्ना पार्क आइपुगेकी छिन् ।

उनले नेपाली समुदायमा पनि थुप्रै आफ्ना प्रस्तुति दिई सकेकी छिन् भने भर्जिनियामा उनले द भ्वाइसमा जानु अगाडी समेत प्रस्तुति गरेकी थिइन् ।

उनी विश्व प्रख्यात एक विशिष्ट व्यक्ति भएता पनि नेपाली समुदायमा हिजो जस्तै घुलमिल गर्न सक्ने र सहभागिता जनाउन सक्ने उनको प्रवृति र स्वभावमा कुनै परिवर्तन भएको छैन् ।

उनी सम्पूर्ण नेपाली र नेपालको नाम उच्च राख्न पनि सफल भएकी छिन् । द भ्वाइसको २२ औ संस्करणमा उनको प्रस्तुतिले उनलाई सारा जगतमा चिनारी गराएको छ ।

उनको योगदानको कदर गर्दै भर्जिनियामा उनको लागि स्वागत तथा भेटघाट कार्यकमको आयोजना गरिएको छ ।

आगामी डिसेम्बर २४ ,शनिबार दिउँसो ३ बजे देखि मनासस शहर स्थित होटल विनडममा कार्यक्रमको आयोजना गरिएको छ ।