
काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका छन् ।
आइतबार मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजनास्थल सुन्दरीजलमा निर्माण गरिएको भट्टराईको पूर्ण कदको सालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानमा खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा संरक्षण गरेकाले सरकारले मेलम्ची खानेपानी आयोजना दीर्घकालीन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले मेलम्ची आयोजना बाह्रै महिना सञ्चालन गर्न खानेपानी मन्त्रालयअन्तर्गत विभिन्न निकायले अध्ययन गरिरहेको जानकारी पनि दिएका छन् । प्रधानमन्त्री देउवाले स्वर्गीय भट्टराईले २०४८ सालमा निर्वाचन प्रचारका क्रममा उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउँछु भनेको कुरा पूरा भएको भन्दै भट्टराईले सार्वजनिक रुपमा नै मेलम्चीको पानी ल्याउने प्रतिबद्धता जाहेर गरेकै कारण आयोजनाले थप महत्व र प्रचार पाएको उल्लेख गरे ।















प्रतिक्रिया