
काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्व प्रकाश शर्माले आगामी सरकार गठबन्धनकै बन्ने बताएका छन् ।
कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन गरेर चुनावमा गएको र जे–जति परिणाम प्राप्त भएको सबै गठबन्धनकै कारण भएकाले गठबन्धन दलहरूकै सहकार्यमा सरकार बन्ने बताएका हुन् ।
उनले अब बन्ने प्रधानमन्त्री जो भए पनि दुई वर्षका लागि मात्रै भएको पनि बताएका छन् । अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले नभई गठबन्धन मिलेर विजयी भएको भएको बताउँदै उनले सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुनेमा जोड दिएका छन् ।
महामन्त्री शर्माले अहिले मुलुकका देखिएका सबै समस्याहरूलाई गठबन्धन दलहरू मिलेर नै समाधान गर्नुपर्ने बताएका छन् ।















प्रतिक्रिया