१ कार्तिक २०८३, आइतबार

गठबन्धनलाई सरकार बनाउने जनादेश छैन, गम्भीर नभए देश मध्यावधितिर जानसक्छ : रायमाझी

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले पाँचदलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश नदिएको बताएका छन् ।

आज शनिबार नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा रायमाझीले पाँच दल मिल्दा पनि जनताले सरकार बनाउन गठबन्धनलाई बहुमत नदिएको दाबी गरेका हुन् । उनले एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको बताएका छन् ।

अहिलेको अवस्था सरकार गठनका लागि अन्य दलको सहारा दिनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको धारणा उनको छ । गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, बामपन्थीबाहेकको सरकार बनाउने, बामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चार वटा सम्भावना रहेको उल्लेख गर्दै सरकार गठनका विषयमा ठूला दलहरु बेलैमा गम्भीर हुनुपर्ने बताए । दलहरू गम्भीर नभएको अवस्थामा देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको समेत उनले बताएका छन् ।

उनले गठबन्धन सरकारले मुलुकको आर्थिकलगायतका क्षेत्रलाई अस्तव्यस्त पारेकाले अब बन्ने सरकारले मुलुकलाई सही ठाँउमा ल्याउनुपर्ने बताए ।