
काठमाडौं, २ पुस । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलन ल्याउन सक्ने बताएका छन् ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्राप्त परिणामले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएकोप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलनको खतरा पनि बढेको टिप्पणी गरेका हुन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सामाजिक अराजकताले साँस्कृतिक विचलनतर्फ समाजलाई डोर्याउँदैछ, सचेत बनौँ ।’
सबै नीतिहरूको मुल नीति राजनीति भएको र राजनीति नै गलत दिशातर्फ अघि बढेकाले समाजका हरेक इकाई र अङ्गहरू सचेत रहनुपर्ने उनको भनाइ छ । निर्वाचनले कुनै पनि दललाई सत्ता सञ्चालनको स्पष्ट म्यान्डेट नदिएकाले मुलुक अस्थिरतातर्फ जाने खतरा रहेको उनको टिप्पणी छ ।
पोखरेलले देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी राजनीतिक अस्थिरता रोक्न दलहरूले सोचविचार गरेर अधिक प्रयत्न प्रयत्न गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।















प्रतिक्रिया