१ कार्तिक २०८३, आइतबार

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले सुरू गरे एकीकृत कारोबार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एकीकृत कारोबार सुरू गरेका छन् ।

दुई वटै संस्थाले आपसमा गाभ्ने/गाभिने प्रक्रिया पूरा गरी हिजो शुक्रबारदेखि एकीकृत कारोबार सुरू गरेका हुन् । नेपाल बंगलादेश क्यापिटलको प्रवर्द्धक नेपाल बंगलादेश बैंकलाई नबिल इन्भेष्टमेन्ट बैंकिङको प्रवर्द्धक नबिल बैंकले प्राप्ती गरेपछि नेपाल धितोपत्र बोर्डको धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियमबमोजिम मर्चेन्ट कम्पनीहरू पनि मर्जरमा गएका हुन् ।

बोर्डद्वमरम जारी धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ मा सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा मर्जर/एक्विजिसन गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही नियमबमोजिम गत भदौ २१ गते दुई मर्चेन्ट बैंकिङबीच सैद्धान्तिक सहमति भइ संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।

त्यसपछि मंसिर १८ गते दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रस्ताव पारित गरिएको थियो । विशेष साधारण सभाबाट अनुमोदित निर्णयसहित दुवै संस्थाबाट एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरिएको र एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त भएपश्चात् हिजोदेखि एकीकृत कारोबार सुरू गरिएको कम्पनीले जनाएको छ ।

एकीकृत कारोबार घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उप–प्रमुख कार्यकारी अधिकृतहरू तथा साविक नेपाल बंगलादेश क्यापिटलका सञ्चालकहरू र नबिल इन्भेष्टका सञ्चालकहरूको उपस्थिति थियो ।