१ कार्तिक २०८३, आइतबार

उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिइने, कहिलेदेखि सुरू हुन्छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । रोजगारी सिर्जना र व्यावसायिक सफलताका लागि महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा महिला चेम्बरले मुलुकभरका उद्यमी महिलालाई एकवर्षे सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो ।

आज शुक्रबार काठमाडौंमा तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लीमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरे । तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरले जनाएको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेका सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए ।

त्यस्तै महिला चेम्बरकी सचिव अधिकारीले सूचना प्रविधिका माध्यमबाट महिलाहरुलाई दक्ष बनाउनका लागि सम्झौता गरिएको बताइन् ।

महिलाहरुलाई रोजगारको अवसरका लागि र महिलाले बनाएका सामग्रीहरुलाई अनलाइन माध्यमबाट बजारीकरण गर्न मद्दत पुग्ने उद्देश्यले तालिम दिन लागिएको उनको भनाइ छ ।

उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवरेद्धन, वेबसाइट डिजाइनलगायत विषयमा तालिम दिइने महिला चेम्बरले जनाएको छ । तालिम पुस १५ गतेदेखि सुरू हुने बताइएको छ ।