१ कार्तिक २०८३, आइतबार

ट्राफिक प्रहरीद्वारा एक महिनामा ६० वटा सवारी चालक अनुमति पत्र निलम्बन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात ब्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारबाहीमा १ जना ४४ पटक, ३५ पटक कारबाही १ जना, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना, १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

उनीहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको थियो । ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरू बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ ।

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यस अघि पनि पटक पटक कारबाहीमा परेको समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।