१ कार्तिक २०८३, आइतबार

भारतीय अभिनेता बिवेक ओबरायद्वारा चन्द्रागिरि हिल्स भ्रमण

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । भारतका चर्चित अभिनेता बिवेक ओबरायले आज चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।

पारिवारिक भ्रमणमा नेपाल आएका ओबरायले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नाका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लञ्च गर्दै मनोरम दृश्यहरुको अवलोकान गरे ।

अभिनेता ओबरायलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक सञ्जिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । ओबरायले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिएका छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।