
काठमाडौं, २९ मंसिर । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला मन्त्रालयबाट आयोगलाई सहयोग नभएको गुनासो गरेकी छिन् ।
आज बिहीबार काठमाडौंमा आयोजित आयोगका क्रियाकलापका सम्बन्धमा पत्रकारसँग चौमासिक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले आयोगका गतिविधिलाई सहज बनाउन मन्त्रालयले सहयोग नगरेको र नटेरेको गुनासो गरेकी हुन् ।
मन्त्रालयको असहयोगकै कारण आयोगको बजेट फ्रिज हुने अवस्थामा पुग्दा पनि महिला हिंसाका पीडितलाई आयोगले सहयोग गर्न नसकेको उनको भनाइ छ । आयोगले विभिन्न नीतिगत काम, सिफारिस, अनुगमनका साथै हिंसा पीडितलाई न्याय दिन पनि काम गरिरेहेको जिकिर जानकारी दिएकी छिन् ।

देशैभरका पालिकामा पहुँच पुर्याउन सातै प्रदेशमा कार्यालय राख्नुपर्ने भए पनि त्यसो हुन नसकेकाले केन्द्रमा पहुँच हुनेले मात्रै आयोगमा उजुरी गर्ने अवस्था भनेको अध्यक्ष पराजुलीको भनाइ छ ।
आयोगले साउनदेखि अहिलेसम्म घरेलु तथा महिला हिंसाका ३४७ वटा उजुरी दर्ता भएको जानकारी दिएको छ । जसमा घरेलु हिंसाका ३१६ र महिला हिंसाका ३१ घटना रहेका छन् ।















प्रतिक्रिया