आम विनाशकारी भूकम्प गएको दुई साता भईसक्यो, तर हामी अझैं पनि शोकमग्न छौं । राष्ट्रिय शोकको अवस्था छ । हामी हरेक दिन नयाँ लासहरू गनिरहेका छौं । भत्किएका घरहरू हेरिहेका छौं । अन्तर्राष्ट्रिय रूपमा राहतस्वरुप सहानुभूति र समवेदना प्राप्त भैरहेका छन् । म भूकम्पको प्रत्यक्षदर्शी, काठमाडौंबाट मृत्युसँग लडेर कैलाली फर्किए अथवा म भूकम्प–भगौडा ।
भूकम्प आउनु अघि
२०७२ बैशाख १२ गते । शनिबारका दिन हामी तवाइट गुम्बा घुम्न जाने योजनामा थियौं । मेरो मोबाइलमा सन्देश आयो– ‘म अहिले भ्याउदिन, जरुरी काम पर्यो, एक बजेतिर मात्र भ्याउछु होला, सबैलाई भनिराख, एकै बजे निस्किउला हुँदैन ?’ मैले एकजना साथीलाई त्यो म्यासेज फरवार्ड गरे । म फेसबुक हेर्दै थिए । मध्यान्हको ११ः५८ बजेको थियो– एकाएक मैले म बसेको खाट हल्लिएको अनुभव गरे । भूकम्प आएको ठम्याउन नपाउँदै पर हुत्तिए । छेउमै रहेकी कविता ‘आमा, आमा’ भन्दै रुन थाली । मेरो मुटुले ठाउँ छोड्यो । लड्दैपड्दै बरान्डामा निस्किए, च्यानल गेटमा ताला लागेको थियो । हामी एकअर्कालाई च्यापेर रोयौं, करायौं । त्यो क्षण मेरो जीन्दगीको सबैभन्दा लामो समय अनुभव गरे ।
भूकम्पबाट कति मान्छे मरे, कति घाइते भए, म चाही हातगोडा सद्दे हुँदा पनि मुकदर्शक भएर बसेको पटक्कै सुहाएन ।’ तर, घटनास्थलमा पुग्ने आट पनि थिएन । अर्काको लागि म के गर्न सक्छु र ? आफ्नै लागि त केही गर्न सकेकी छैन । चिउरा खाएर, हैजा लागेर मर्नुभन्दा भाग्नु ठिक लाग्यो, अनि म भागेर आए बसमा ।
भूकम्प आइसकेपछि
सडकमा मान्छेहरूको कोलाहाल थियो । सबैतिर भागभाग । सबै ‘के भगवान’, ‘हे भगवान’ कराउँदै यताउता दुगुरिरहेका थिए । हामी च्यानल गेटबाट बाहिर हेरिरहेका थियौं– छेउको घरको पाँच तलामाथि केही छिनअघि ट्यांकी सफा गरिरहेका मान्छे ट्यांकीसँगै भुईंमा रक्ताम्मे भएर पछारियो । दाहिने तिरको घरको माथिल्लो तला भत्कियो । छेउको पर्खाल गल्र्यामगुर्लुम ढल्यो । म बस्ने होस्टेलका केटीहरू हुर्रिएर तल आए । सबैले मलाई अंगालो हालेर रोए । म रोइन ।
मैले आफूलाई सम्हालेर फेसबुक खोले, देशैभरी भूकम्प गएको रहेछ । एकछिनपछि म बसिरहेको होस्टेलकी मालिक्नी बाहिरबाट स्वाँस्वाँ हुँदै आउनु भो । उहाँ कतै मिटिङमा जानु भएको थियो । उहाँले सडकमा चिरा परेको सुनाउनुभयो– हामी झन् डरायौं । १२ः३० बजे अर्काे झड्का आयो । हामी जहाँको त्यही थियौं । घर चरर्… चर्कियो । हे भगवान, अब बाचिन्न । भागौं घरहरू भत्किरहेका छन्, कुनै घरमा च्यापिने डर । त्यही बसौं भने केटीहरूको रुवावासी, त्यसमाथि चर्किएको घर । हामीले निर्णय गर्यौं– बाहिर जानुभन्दा घरमै सुरक्षित छ । सबै जना ढोकाको बिममा एक अर्कालाई समाएर बस्यौं । भूकम्पको बेला खुला चौरमा जानु पर्छ भन्ने ज्ञान हुँदाहुँदै घरमा नै सुरक्षित भइन्छ भन्ने विश्वास गरिरह्यौं । बल्लतल्ल घरमा फोनमा लाग्यो, मन केही हलुका भयो ।
भान्सामा गएर खाना पकाउने कसैको आट भएन । धेरैको फोन आयो– के घरमा मर्न बसेको ? हामीबीच घरभित्रै बस्ने कि बाहिर जाने भन्ने छलफल भयो र अन्त्यमा रातीको १२ बजे हामी बाहिर निस्कियौं । मैतिदेवी मन्दिर अगाडी मान्छेको भीड थियो । गरिबदेखि करोडपति सबै एकै ठाउँमा ओइरिएका थिए ।
फेसबुकमा समाचार आयो– ७.९ म्याग्निच्युडको गएछ, ८२ वर्षकै ठूलो । पहिलो म्यासेज पत्रकार प्रकाश शाहको थियो । पहिलो फोन घरमा छोरी र परिवारसँग गरे । म बाचेकै थिए भन्ने उनीहरूले थाह पाए । फेसबुकमा भूकम्पबारे स्टाटसको ओइरो लाग्यो । धरहरा ध्वस्त भएछ । वसन्तपुर दरबार पनि ढलेछ । कति घर ढले । कति मानिस मरे । उफ ∕ म कसरी बाँचेछु ?
बैशाख १२ गते राति १२ बजिसकेको थियो । हामी हलचल नगरी ढोकामै अडिरहेका थियौं । घरमा तारान्तर फोन गरे सबैले । नेपाल टेलिकमले पैसा नलिने भएपछि अत्याधिक मात्रामा फोनको दुरुपयोग भइरहेको थियो । ‘हामी सुरक्षित छौं, यो फ्री कल रेस्क्यु चाहनेहरूका लागि हो, लाइन बिजी नगरौं’ मैले सम्झाए, तर कसैले सुनेन, केटीहरू फोनमा व्यस्त थिए । विपत्मा पनि हामी फाइदामा मुस्कुराउने रहेछौं ।
त्यतिबेलासम्म हामीले चाउचाउ खाइसकेका थियौं । भान्सामा गएर खाना पकाउने कसैको आट भएन । धेरैको फोन आयो– के घरमा मर्न बसेको ? हामीबीच घरभित्रै बस्ने कि बाहिर जाने भन्ने छलफल भयो र अन्त्यमा रातीको १२ बजे हामी बाहिर निस्कियौं । मैतिदेवी मन्दिर अगाडी मान्छेको भीड थियो । गरिबदेखि करोडपति सबै एकै ठाउँमा ओइरिएका थिए ।
हल्लाको बजार
भूकम्पपछि राजधानीमा हल्लाको बजार गर्मायो । कसैले भने– अब ९ रेक्टरस्केलको भूकम्प जान्छ । कसैले थपे– सीएनएनको वेभसाइटमा अबको झड्काले राजधानी काठमाडौं तहसनहस हुन्छ भनेर लेखेको छ । काठमाडौं बाहिरका साथीहरूमध्ये केहीले भने– अब ११ बजे अहिलेसम्म कै ठूलो भूकम्प जान्छ । हे भगवान प्रत्येक हल्ला भूकम्पीय धक्का दिएर जान्थे, मुटु नै चुडिने गरी । हामी हरेक पल मरेर बाँचिरहेका थियौं ।
घरतर्फ भागेको क्षण
चिउरा र चाउचाउ मिसाएर छाक टादै थियौं । भूकम्पको हरेक धक्कापछि बाँचेको अनुभव गर्नु बाहेक उद्धार कार्यमा सरिक हुन पाइएको थिएन डरले । खाने पानीको अभाव थियो । काठमाडौंबाट बाहिर बस गइरहेका थिए । काठमाडौंमा यस्तो बिजोगले बस्नुभन्दा घर जानु ठिक हुन्छ जस्तो लाग्यो । एक मनले सोचे– ‘भूकम्पबाट कति मान्छे मरे, कति घाइते भए, म चाही हातगोडा सद्दे हुँदा पनि मुकदर्शक भएर बसेको पटक्कै सुहाएन ।’ तर, घटनास्थलमा पुग्ने आट पनि थिएन । अर्काको लागि म के गर्न सक्छु र ? आफ्नै लागि त केही गर्न सकेकी छैन । चिउरा खाएर, हैजा लागेर मर्नुभन्दा भाग्नु ठिक लाग्यो, अनि म भागेर आए बसमा । खल्तीमा पैसा थिएन, बैंकबाट रकम निकाल्ने काम बन्द थियो । बसवालासँग अनुरोध गरे, उधारोमा लगिदिने भए ।
एउटा झोला भिरेर घरको बाटो आउँदै गर्दा मलाई माओवादीकालको याद आयो– आफ्नो कर्तव्य बिर्सेर युद्धबाट भागेर आउने भगौडा सिपाही जस्तै मेरो अवस्था थियो । हिजोसम्म म रमाइरहेको काठमाडौं आँशुमा तैरेली खेलिरहेको बेला म मुस्कुराउन भाग्दै थिए । सबैको नजर म हिँडेको पाइला, थकित आँखा, अनि भोको पेटले खंग्रङ्ग भएको शरीरतर्फ केन्द्रीत थिए । मानौ म युद्धमा घाइते भएको तर बाच्न हासिरहेको सिपाही हुँ, जसले भयानक युद्ध जितेको होस् ।
(लेखक धनगढीबाट प्रकाशित अनुमोदन राष्ट्रिय दैनिककी स्तम्भकार हुन)














प्रतिक्रिया