
काठमाडौं, २९ मंसिर । शहरी विकास मन्त्री मेटमणि चौधरीले बढ्दै गएको शहरी जनघनत्वको चापका कारण काठमाडौं शहरको व्यवस्थित बसोबास र सौन्दर्यता एवम् मौलिकता कायम राख्न चूनौती सृजना भएको बताएका छन् ।
२८औँ महानगर दिवसको अवसरमा बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले विभिन्न अवसरको खोजीमा राजधानी शहर काठमाडौंमा भित्रने जनसंख्या बढ्दै गएकाले व्यवस्थित बसोबास र सौन्दर्यता एवम् मौलिकता कायम राख्न चूनौती सृजना भएको बताएका हुन् ।
उनले वर्तमान परिवेशमा व्यवसस्थत सफा र सुन्दर शहर निर्माणका लागि आवश्यक पूर्वाधारको बिकास गर्न र शहरी क्षेत्रको बासिन्दाहरुको जीवजनस्तरमा सुधार ल्याउन तत्काल ठोस कार्यक्रम जरुरी भइसकेको धारणा पनि व्यक्त गरेका छन् ।
प्राकृतिक स्रोत र साधनको अत्यधिक प्रयोगले वातावरण तथा सरसफाइमा प्रतिकुल असर परिरहेकाले चूनौतीहरुसँग जुध्दै महानगरलाई बसोबासयोग्य र पर्यटनमैत्री बनाउन महानगरले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै मन्त्री चौधरीले महानगरको विकासमा मन्त्रालयले सदैव सकारात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया