३० आश्विन २०८३, शुक्रबार

चन्द्रमा उल्टो देखिएकै हो त ? यस्तो भन्छन् ज्योतिष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandrama

गत १२ गते शनिबारको दिन नेपालमा गएको महाभूकम्पबाट तर्सित जनसमुदायलाई झन् आतंकित बनाउन बिभिन्न क्षेत्रबाट बिभिन्न निराधार हल्लाहरु फिजाएको देखिन आएको छ। काठमाडौंमा सबैभन्दा वढी आतंक फैलाएको ‘चन्द्रमा उल्टो देखिएको’ भन्ने हल्ला छ। वास्तवमा चन्द्रमा उल्टो देखिएको होइन।

हामी कहाँ ज्योतिषहरुको भन्दा पन्डितहरुले जनसंख्या बढी हुन गएकोले हो। वास्तवमा चन्द्रमा र सूर्य एकै अंशमा पर्दा चन्द्रमा अस्त हुन्छ, जसलाई हामी औँसी भन्दछौँ। अनि सूर्य र चन्द्रमा परस्पर विपरित दिशामा हुँदा चन्द्रमा बाटुलो र चम्किलो देखिन्छ, जसलाई हामी पुर्णिमा भन्दछौँ।

Dr-sunil-sitaula
डा. सुनिल सिटौला

औँशीको पर्सीपल्ट चन्द्रमा पश्चिममा उदाउँछ र क्रमशः पूर्वतर्फ दैनिक १ कलाले बढ्दै जाने हुन्छ। जसलाई हामी शुक्ल पक्ष भन्दछौँ। शुक्ल पक्षमा चन्द्रमाको पश्चिम पट्टिको भाग उज्ज्यालो र पूर्वपट्टिको भाग अँध्यारो देखिन्छ। अनि पूर्णिमाको भोली पर्सीपल्ट देखि चन्द्रमा पूर्वतिर उज्जालो र पश्चिमतिर अँध्यारो देखिन्छ। त्यसलाई हामी कृष्ण पक्ष भन्दछौँ। अहिले शुक्ल पक्ष चलिरहेको छ। त्यस कारण चन्द्रमाको पश्चिमी भाग उज्जालो हुनु र पुर्वी भाग अँध्यारो हुनुलाई चन्द्रमा उल्टो देखिएको भन्ने हल्ला अबुझहरुले चलाएका हुन। त्यसैले यस्तो हल्लाको पछाडि नलाग्न अनुरोध छ। र यो जानकारी सबै सामाजिक सन्जालमा शेयर गरी दिनु हुन पनि अनुरोध गर्दछौ।

(डा. सुनिलको व्यक्तिगत वेभसाइट jyotishmagazine.com बाट)