
काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि एमालेले देशमा राजनीतिक स्थायित्व र स्थिरता चाहे पनि वर्तमान जनादेशले मुलुकमा इतिहासमै सबैभन्दा अस्थिर अवस्था सिर्जना गरेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा आज बुधबार आयोजित पार्टीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधिहरूको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा एमालेले देश बनाउन स्पष्ट नीति, दृष्टिकोणका साथ आफूलाई बहुमत मागेको भए पनि बहुमत प्राप्त गर्ने गरी जनतालाई सचेत गराउन नसकेका कारण मुलुकमा अस्थिरता सृजना हुने खतरा रहेको औंल्याएका हुन् ।
उनले गाउँपालिकामा निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूलाई विकास अभियन्ताका रूपमा काम गर्न निर्देशन दिएका छन् । आर्थिक काममा पारदर्शी र स्वच्छतालाई विशेष रुपमा ध्यान दिन आग्रह गर्दै ओलीले जनताका काममा नमूना र आदर्श जनप्रतिनिधिका रूपमा काम गर्न निर्देशन समेत दिएका छन् ।
‘शालिनतापूर्वक जनताको सेवक भएर काम गर्नूस् । काम गर्दा सामुहिक तरिका अपनाउनूस् । पार्टीसँग निरन्तर समन्वयमा काम गर्नूस्,’ अध्यक्ष ओलीले भने ।















प्रतिक्रिया