
भोजपुर, २८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुरमा रहेको आफ्नो जन्मघरमा पुगेकी छिन् ।
जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नं. ५ आमबोटेस्थित आफ्नो जन्मघरमा पुगेर उनले घर निरीक्षण गर्दै केही तस्वीरहरू समेत कैद गराएकी छिन् । आफ्नी दुई छोरीसहित जन्मघर पुगेकी राष्ट्रपति भण्डारीले घरको झ्यालमा बसेर रोमाञ्चक तस्वीर कैद गराएकी छिन् ।
रामप्रसादराई–५ मानेभन्जयाङमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज भोजपुर आएकी थिइन् । सोही अवसरमा उनले आफ्नो जन्मघरको निरीक्षण गरेकी हुन् ।

तस्वीर : रासस















प्रतिक्रिया