
काठमाडौं, २८ मंसिर । मर्जरको अन्तिम स्वीकृति माग गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका छन् ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष आज बुधबार संयुक्त निवेदन पेश गरेका हुन् ।
यसअघि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा र २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
मर्जरका निम्ति शेयर स्वाप अनुपात १:१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
अनुमोदनलाई मसिंर २३ गते सम्पन्न दुवै बैंकका साधारण सभाले पारित गरिसकेको छ ।















प्रतिक्रिया