१ कार्तिक २०८३, आइतबार

निजी क्षेत्रका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले निजी क्षेत्रका समस्याहरू समाधानका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

आज बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको र निजी क्षेत्रका समस्या समाधानका पनि सरकार सँगै रहेको बताएका हुन् ।

उनले बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको धारणा व्यक्त गरे । राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयात प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको उनले बताए ।

अर्थमन्त्री शर्माले अहिले बिभिन्न चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र यसमा राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

कार्यक्रममा भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ सम्झना घिमिरे र भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ सन्तोष रोकायलाई प्रदान गरिएको थियो भने नाफिज आर्थिक पत्रकार सम्मान २०७९ बाट उर्वशी बस्नेतलाई सम्मान गरिएको थियो ।