– विजय थापा
वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका नेपाली मुलका किरण सिटौलाले पूर्ण नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल तथा नेपाली ढाका टोपी लगाई सपथ ग्रहण लिएका छन् ।
अमेरिकामा दौरा सुरुवाल र टोपी पनि लगाएर आधिकारिक कार्यक्रममा सार्वजनिक रुपमा सपथ लिने सिटौला उदाहरण बनेका छन् भने सिटौलालाई चार्ल्स काउन्टीकि स्यारोन हान्कोकले सपथ गराएकी थिइन् ।
नगर प्रमुखमा बिजयी भएका ब्रानडन पौलिन तथा परिषद सदस्यमा बिजयी भएका कुर्टिस स्मिथ लाई पनि नेपालको उपहार छ भन्दै कार्यक्रममा सिटौलाले टोपी लगाई दिएका थिए ।
गत निर्वाचनमा बिजेता भएका तिनै उम्मेदवारहरुलाई १४ बर्षिय विशाखा ओली तथा ११ बर्षिय कीर्तिका ओलीले प्लेज़ अफ एलिजिएन्स अमेरिकन झन्डालाई सम्मान जनाएका थिए ।
दुवै चेलीहरु सुसज्जित सैनिक पोसाकमा पहिरन आएका थिए यो नै नेपाली समुदायको ईतिहासमा अमेरिकामा पहिलो पटक हुन् पुगेको छ ।
विशाखा ओलीले सयुक्त राज्य अमेरिकाको नेवि(जलसेना)सी (समुन्द्र) क्याडेटको पोसाक तथा कीर्तिका ओलीले नेवि(जलसेना) लिग पोसाक लगाएकी थिइन् ।
उक्त कार्यक्रममा नेपाली दुतावास परिवार, म्यारील्याण्ड तथा पेंसेलभेनिया राज्यका लागि नेपाल सरकारका महा बाणिज्य दुत, बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, पत्रकार, सिटौला परिवार, शुभचिन्तक तथा आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो भने नेपाली टोपी तथा दौरा सुरुवालमा सहभागि भएका थिए ।
नव निर्वाचित नगर उपप्रमुख किरण सिटौलाले दौरा सुरुवाल तथा टोपी साथ उपस्थिति हुदा नेपाली समुदाय आश्चर्यमा परेका थिए । सात समुद्र पारी पनि सिटौला उदाहरण बनेका छन् भन्दै उनले नेपाल प्रति देखाएको सद्भाव, राष्ट्रियता तथा माया प्रति सबै नेपालीले पाठ सिक्नु पर्ने सहभागीहरुले बताए ।
गत केहि दिन अगाडी सम्पन्न निर्वाचनमा सिटौलाले ४ जना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो बढी मत पाउने उम्मेदवार भै उपनगर प्रमुखमा बिजयी भएका थिए । दुई दशक अगाडी अमेरिका आएका ४१ बर्षका सिटौलालाई चुनाबमा स्थानीय श्वेत तथा अश्वेत दुवै पक्षको राम्रो सर्मथन पाएका थिए ।
नगरको नीति निर्माण गर्ने सम्बन्धमा मेरो अहम भूमिका हुन्छ नव निर्वाचित नगर उप प्रमुख सिटौलाले भने । मेरो मत अत्यन्तै महत्वपूर्ण हुन्छ किनभने जम्मा ३ वटा मत मात्र हुन्छ । आफु श्वेत तथा अस्वेतको बीचमा छु । मेरो मतले बहुमत प्राप्त हुन्छ । नगर प्रमुख तथा परिषद सदस्यले प्राथमिकताको आधारमा मलाई बहुमतको लागि मत तान्ने प्रयास भएता पनि आफुले समग्र विकास तथा नगरको हितको पक्षमा मत दिने उप नगर प्रमुख सिटौलाले बताए ।
सिटौला मेरिल्याण्ड राजश्व विभागमा सूचना सेवा अन्तर्गत ओवामा केयर परियोजना प्रबन्धकको रुपमा कार्यरत छन् ।
सिटौला नेपालका कुनै पनि राजनैतिक दल तथा एनआरएन संग पनि आबद्ध छैनन् । समाज सेवा गर्न सफा राजनीतिमा हुनु पर्छ भन्दै आफु अमेरिकामा भएकोले अमेरिकामा नै राजनीति गर्नुपर्छ भन्ने मान्यता रहेकोले आज देखि अमेरिकन राजनीतिमा केन्द्रित हुने छु भन्दै आजदेखि कामको शुभारम्भ गरेको बताए ।
विनाशकारी भूकम्पबाट नेपाल तहस नहस छ र यस्तो अवस्थामा नेपाललाई अझ सम्झदै नेपाल प्रति अझ भाव भक्ति देखाउदै आफुले नेपाली राष्ट्रिय पोसाक लगाएर सपथ ग्रहण गरेको हु भनि उप नगर प्रमुख किरण सिटौलाले बताए ।















प्रतिक्रिया