३ कार्तिक २०८३, मंगलबार

बेलायतमा तालमा डुबेर तीन बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ मंसिर । मध्य इङ्ल्यान्डको बर्मिङ्घम नजिकैको हिमतालमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्ष मुनिका तीन बालक रहेका छन् भने तालमा डुबेको बेलामा उद्धार गरिएका एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले सोमबार जनाएको छ ।

सोलिहुलस्थित बब्स मिल पार्कमा रहेको तालमा डुबेर तीन बालकको मृत्यु भएको हो ।

मृतकमध्ये आठ, १० र ११ वर्षका ती बालकलाई पानीबाट निकालेपछि अस्पताल लगिएको वेस्ट मिडल्यान्ड्स प्रहरीले जनाएको छ । उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको छ । एएफपी