१ कार्तिक २०८३, आइतबार

कर्मचारीलाई मन्त्री चौधरीको प्रश्न– काम ढिला गर्दा कति कमिशन बढ्छ ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

मन्त्रालय सम्हालेलगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरुको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुन: तीनै संंरचनाहरुको अनुगमन सुरू गरेका छन् ।

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षणलगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् ।

छलफलका क्रममा उनले कर्मचारीहरू र ठेकेदारलाई गम्भीर प्रश्न समेत गरेका छन् । ‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिशन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।

‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दु:ख दिँदा काम गर्न सकिएन हजुर’ भन्दै उनीहरूले जवाफ पर्काए । ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्‍यो मलाई भन्नुस्,’ मन्त्री चौधरीले भने ।

त्यसलगत्तै शहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षण गर्न पुगे । त्यहाँ पनि सोचे अनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने । सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।