
काठमाडौं, २५ मंसिर । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताएका छन् ।
आज आइतबार गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने भन्दै कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढ्न सके लोकतन्त्र मजबुत बन्नका साथै गणतन्त्र समेत जोगिने बताएका हुन् ।
उनले मुलुकको सम्वृद्धिका लागि तीनवटै तह एक आपसमा समन्वयात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिदै प्रत्येक तहलाई आत्मसमीक्षा गर्दै अघि बढन आग्रह गरेका छन् ।
आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशनमा देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा रहेको छ ।
मंसिर २७ गते सम्म चल्ने महाधिवेनले आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन गर्नुकासाथै काठमाडौं घोषणापत्र जारी गर्ने महासंघले जनाएको छ ।















प्रतिक्रिया