१ मंसिर २०८३, मंगलबार

यस्तो छ आजको मौसम

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसमः

२०७९ मंसिर २५ गते  (आईतबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती: लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श:

तराईका केही भू-भागमा विहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।