
काठमाडौं, २४ मंसिर । नेकपा एमालेले पार्टीविरुद्ध लाग्ने स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र प्रभु साहसहित एक दर्जन भन्दा बढी नेताहरूलाई पार्टीका निष्कासित गरेको छ ।
आज शनिबार बसेको १४औँ सचिवालय बैठकले स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूलाई कारबाहीस्वरुप पार्टीबाट निष्कासित गरेको हो ।
पार्टीकको कारबाहीमा पर्ने अन्य नेताहरूमा केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर) र लक्ष्मी साह (कैलाली) छन् ।
यस्तै, समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकी जैनव खातुनको नाम सूचिबाट हटाइएको एमालेले जनाएको छ ।















प्रतिक्रिया