
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।
शनिबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सुची तयार गर्ने जिम्मेवारी सभापतिलाई दिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए ।
सूची टुंगो लगाउन बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक बसेको छ । केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सभापतिले सुचीलाई अन्तिम रूप दिने प्रवक्ता महतले बताए ।
केन्द्रीय कार्यसम्पादन समितिमा आएका सुझावलाई समेत समेट्दै सभापतिले सुची तयार गर्ने बताइएको छ ।
कांग्रेसले समानुपातिकतर्फ ३२ सीट पाएको छ । संघीय संसदमा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ । यो प्रावधान अनुसार कांग्रेसले २९ जना महिला र ३ जना पुरुष पठाउनुपर्ने छ ।
पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र जीवन परियारले दाबेदारी पेश गरेका छन् । यद्यपि, कांग्रेसबाट समानुपातिक सांसद बन्नेहरूको सूची निर्णयअगावै बाहिरिसकेको छ ।
निर्वाचन आयोगले आज ४ बजेसम्ममा समानुपातिक सांसदको सुची बुझाउन समयसीमा तोकेको छ ।















प्रतिक्रिया