१ कार्तिक २०८३, आइतबार

फ्लुबाट अमेरिकामा ७ हजार ३०० जनाको मृत्यु, एक लाख २० हजार जना अस्पताल भर्ना

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस, २४ मंसिर । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् भने सात हजार ३०० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।