
काठमाडौं, २३ मंसिर । पेनाल्टी सुटआउटमा ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा ब्राजिललाई ४–२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेको हो ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको खेल निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले अन्तिम समयमा खेल १–१ को बराबरीमा फर्कायो । त्यसपछि टाइब्रेकरबाट खेलको छिनोफानो गरिएको हो ।
क्रोएसियासँग पराजित भएसँगै विश्वकपको दाबेदार ब्राजिललाई ठूलो झड्का लागेको छ ।















प्रतिक्रिया